बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय योग दिवस : तस्विरमा हेर्नुहोस् थरीथरीका योगा पोज

शुक्रबार, ०६ असार २०७६, ११ : ५९
शुक्रबार, ०६ असार २०७६

आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ ।

जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

अहिले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवशको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन् ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत राखेको छ । योगलाई  शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।

नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ । बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको शिकार पनि भैरहेका छन् ।

योगले मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप