शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टिम तयारी निर्देशकमा राई

बिहीबार, ०५ असार २०७६, २२ : ३१
बिहीबार, ०५ असार २०७६

काठमाडौं-राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राईलाई नियुक्त गरेको छ । 

राखेपअन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानमा उप–निर्देशक पदमा कार्यरत राईलाई तालीम तथा प्रशिक्षण विभागमा असार ४ गतेदेखि दरबन्दी लागू हुने गरी रिक्त रहेको निर्देशक पदमा नियुक्त गरिएको राखेप सदस्य सचिव केशवकुमार विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विसं २०५२ मा कराते प्रशिक्षकका रुपमा ताप्लेजुङबाट राखेपको सेवामा प्रवेश गर्नुभएका राई २०७४ देखि राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठानमा उप–निर्देशकको भूमिका निर्वाह गर्दै आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप