भक्तपुरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
बिहीबार, ०५ असार २०७६, २२ : २१
भक्तपुर-महानगरिय प्रहरी परिसर भक्तपुरले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटबाट सिन्धुपाल्चोक लिसंखुपाखर गाँउपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षको पुरण परियार र रुपन्देही घर भई हाल ऐ.बस्ने २३ वर्ष राधेश्याम बेलदार रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने ५.५ ग्राम लागुऔषध उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता प्रनाउ रेवतीरमण पोखरेलले बताए ।
भक्तपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा