शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला इन्चार्जको हत्या भएपछि बोल्यो विप्लव नेतृत्वको नेकपा : गैरन्यायिक हत्या भएको दाबी

बिहीबार, ०५ असार २०७६, २२ : ०५
बिहीबार, ०५ असार २०७६

काठमाडौं-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको जनाएको छ ।

आज सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरको बताएका हुन् । उनले यो गैरन्यायिक हत्या भएको दाबी गर्दै भत्र्सना समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ नेपाल कम्युनिष्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ उनले पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठुलो क्षति पुगेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप