सुत्केरीको हेलिकप्टरमा उद्धार
बिहीबार, ०५ असार २०७६, २१ : ३९
डोल्पा-डोल्पाकी एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो ।
महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो । बुढाको उद्धार गरी हेलिकप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । दुई दिनदेखि सुत्केरी हुन नसकेपछि उनको उद्धार गरिएको हो । अहिलेसम्म डोल्पाबाट हेलिकप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा