तरुण दल उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ
बिहीबार, ०५ असार २०७६, २० : ११
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि देवकोटालाई आज कोहलपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
आक्रमणमा आठ जनाको संलग्नता रहेको र सबैलाई पक्राउ गरिने उनले बताए ।
पीडितको जाहेरीपछि मुद्दा प्रक्रिया अगाडि बढाइने सिंहले बताए ।