शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली डीएसपी पक्राउ

बिहीबार, ०५ असार २०७६, १९ : ५२
बिहीबार, ०५ असार २०७६

काठमाडौं । नेपाल प्रहरीका डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रे घर भई हाल जोरपाटी बस्दै आएका वर्ष  ३८ को नारायण भन्ने भोला गौतम रहेका छन् । 

गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखेर केही व्यक्तिलाई हातपात तथा लछारपछार समेत गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार गौतकले डीएसपी हुँ भन्दै केहीदिन अघि सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाईंलाई हातपात गरेका थिए । 

उनीहरुको उजुरीको आधारमा गौतमलाई बौद्धस्थित नयाँवस्तीबाट पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप