बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको स्मार्ट पार्किङमा जे देखियो

बिहीबार, ०५ असार २०७६, १९ : ११
बिहीबार, ०५ असार २०७६

उपत्यकाभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सहज रुपमा स्मार्ट पार्किङको सुविधा ल्याएको छ । 

बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा पार्किङको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

बिहीबार दिउँसो रातोपाटीकर्मी न्यूरोडस्थित शुक्रपथ र धर्मपथ पुग्दा स्मार्ट पार्किङमार्फत सवारी साधनको व्यवस्थापन भइरहेको थियो । करिब १५ जनाले त्यहाँको सवारी साधनको व्यवस्थापन गरिरहेका थिए ।

केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट सञ्चालनमा आएको हो । स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध गराएको हो । 

त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप