शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२८ स्थानीय तहमा अझै पुगेन बैंक

बिहीबार, ०५ असार २०७६, १७ : ४७
बिहीबार, ०५ असार २०७६

काठमाडौं– २८ वटा स्थानीय तहमा अझैपनि वाणिज्य बैंकहरुको शाखा  पुगेको छैन । ७५३ स्थानीय तहमध्ये हालसम्म ७२५ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगिसकेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको २ वर्षमा अझै पनि सबै स्थानीय तहमा बाणिज्य बैंक पुग्न सकेको छैन । 

प्रदेश १ को ३ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा अझै पुग्न सकेको छैन । यहाँ १३७ स्थानीय तह छन् । यस्तै १३६ वटा स्थानीय तह भएको प्रदेश २ मा १३४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । ११९ स्थानीय तह भएको प्रदेश ३ मा दुइ स्थानीय तहमा बैंक छैन ।

गण्डकी प्रदेशमा पनि दुई स्थानीय तहमा बैंकको शाखा छैन । यस प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । प्रदेश पाँँचको भने सबै स्थानीय तहमा बैंक पुगेको छ । यहाँ ११९ स्थानीय तह छन् । 

यता ७९ वटा स्थानीय तह भएको कर्णाली प्रदेशमा १२ स्थानीय तहमा बैंक छैन । सुदुरपश्चिम प्रदेशमा ६ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा छैन । यस प्रदेशमा ८८ वटा स्थानीय तह छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप