शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमा पहिलो फार्म दिवस, मोबाइल एप्लिकेसनदेखि उच्च टेक्नोलोजीको प्रयोग

बिहीबार, ०५ असार २०७६, १७ : १४
बिहीबार, ०५ असार २०७६

काठमाडौं– नेपाल सरकार कृषि विभागको तरकारी बाली विकास केन्द्रले पहिलो पटक फार्म दिवस मनाएको छ । कृषि तथा पशुपन्छी  विकास मन्त्रालय, कृषि विभाग राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र अन्तरगतको तरकारी बाली विकास केन्द्र खुमलटारले बिहिबार कृषिमन्त्री चक्रपाणी खनालको प्रमुख आथित्यमा पहिलो पटक फार्म दिवस मनाएको हो । 

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, तत्कालिन तरकारी विकास निर्देशनालय अन्तर्गत रहेको यो केन्द्र २०४४ सालमा स्थापना भएको हो । वि.सं. २०२९ सालबाटै फार्मका गतिविधिहरु सञ्चालन भएपनि विधिवतरुपमा भने २०४४ स्थापन दिवस मानिँदै आएको छ । 

पहिलो फार्म दिवसको अवसर पारेर केन्द्रले आफ्ना कृषि गतिविधिबारे जानकारी दिँदै भावी रणनीति र कार्यक्रमका बारेमा जानकारी दिएको छ । कृषि, तरकारी तथा बीउ वेर्ना  उत्पादन गर्दै आएको तरकारी बाली विकास केन्द्रले कृषिमा नविनतम प्रविधिको प्रयोग गर्दै कृषि क्रान्ति गरिरहेको छ । 

हाल यो केन्द्रले कृषि क्षेत्रमा आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै मोबाईल एप्लिकेसन तथा अनलाईन सिष्टम मार्फत तरकारी बाली तथा बीउ बेर्नाको उत्पादन गर्दै आएको छ । केन्द्रको कुल ३४ं.५ रोपनी जग्गा मध्य १४.५ रोपनीमा तरकारी फार्म सञ्चालित छ । 

फार्म दिवसकै अवसर पारेर केन्द्रले कृषि क्षेत्रमा विविध क्षेत्रबाट योगदान दिने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।  मन्त्रालयको तर्फबाट उत्कृष्ट योगदान दिने कर्मचारी, फार्म संचालनमा सहयोग पु¥याउने कामदार, कृषिमा उत्कृष्ता प्रदान गर्ने कृषक र कृषि क्षेत्रको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने सञ्चारकर्मी(पत्रकार) हरुलाई कदर पत्रले सम्मान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप