शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रा साइजअनुसार रेस्टुरेन्टमा छुट : ठूला स्तन हुनेले भारी छुट पाउने

बुधबार, २५ साउन २०७४, ०७ : ५५
बुधबार, २५ साउन २०७४

बेइजिङ - महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ ।

झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो ।

ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको सवज्ञापन कम्पनीले सार्वजनिक गरेको छ ।

विज्ञापनमा 'सम्पूर्ण सहरले स्तन खोजिरहेको' नारा लेखिएको छ ।

रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा उल्लेख गरिएको छ ।

विज्ञापनको पोस्टरमा अश्लील विज्ञापन चित्रण गरिएको तथा महिलाप्रति विभेद गरिएको स्थानीय बताउँछन् ।

अगस्टको पहिलो साता उक्त विज्ञापन सार्वजनिक गरिएको थियो । तर चौतर्फी विरोधपछि अहिले हटाइएको छ ।

होटेलका महाप्रपन्धक लान सेङगालले भने,
-विज्ञापनमा ब्रा र पेन्टीको कार्टुनमा महिलालाई चित्रण गरेपछि ग्राहकको संख्या २० प्रतिशतले बढेको छ ।
-युवतीहरु हाम्रो रेस्टुरेन्टमा आउन पाउँदा खुसी गौरवान्वित महसुस गरेका छन् । लुकाउनुपर्ने कुरा केही छैन ।
-युवतीलाई रेस्टुरेन्टका मालिक र पुरुष कर्मचारीले स्तनको आकार नाप्न बाध्य पार्ने छैनन् ।
-रेस्टुरेन्टमा खटिएका महिला वेटरले एउटा फिताले सावधानीपूर्वक महिलाको स्तनको आकार नाप्नेछन् । ताकि उनीहरुले कुनै प्रकारको लाज अनुभूति गर्न नपरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप