बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला नेताको मृत्यु

बिहीबार, ०५ असार २०७६, १५ : ४६
बिहीबार, ०५ असार २०७६

काठमाडौं– सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित  विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । 

पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । 

पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए । 

घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए । 

यसअघि भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप