बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

बिहीबार, ०५ असार २०७६, १४ : ५२
बिहीबार, ०५ असार २०७६

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ ।  उहाँले कारखाना सञ्चालन नहुँदा हजारौं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए ।     

 बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाए ।  सांसद शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र  राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए ।  

त्यसैगरी सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरीब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि  सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप