शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका सबै प्रमुख निर्वाचन एकैपटक गराउनुपर्ने मोदीको चाहना, अध्ययन समिति बनाउने घोषणा

बिहीबार, ०५ असार २०७६, १४ : २४
बिहीबार, ०५ असार २०७६

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार ‘एक देश, एक चुनाव’ विषयमा सर्वदलीय बैठक बस्यो । वैठकको आयोजना मोदीको अग्रसरतामा भएको थियो ।  भाजपा र मोदीले विगतदेखि नै भारतका प्रदेशमा हुने विधानसभा चुनाव र संघीय संसदको लागि हुने निर्वाचन एकै समय गर्नुपर्ने भन्दै आएको छ । 

विगतदेखि नै मोदीले प्रत्येक जस्तो महिनामा हुने निर्वाचनले भारतको प्रशासनिक काममा अवरोध पुगेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।  रक्षामन्त्री राजनाथ सिंहले बताएअनुसार वैठकमा भारतका प्रमुख ४० पार्टीलाई निम्ता पठाइएकोमा २१ वटा दलका अध्यक्ष आएका थिए । 

तीन पार्टीले यस मुद्दामा आफ्नो राय लेखेर पठाए । बैठकपछि मोदीले यस विषयमा सुझाव दिनको लागि समिति बनाउने बताएका छन् ।  राजनाथ सिंहका अनुसार वैठकमा सामेल हुनेमध्ये बढी दल यस मुद्दालाई समर्थन गर्छन् । भाकपा र भाकपा(माक्र्सवादी) विषयप्रति असहति भए पनि वैठक बहिष्कार गरेन । ओडिशाका मुख्यमन्त्री नविन पटनायकले ‘एक देश, एक चुनाव’लाई समर्थन गरेका छन् ।  

बैठकमा सामेल हुनेहरु ?
बैठकमा बिहारका मुख्यमन्त्री नीतिशकुमार, राष्ट्रवादी कंग्रेस पार्टीका शरद पावर, शिरोमणि दशका नेता सुखबीर बादल, ओडिशाका मुख्यमन्त्री नविन पटनायक, डीडीपी नेता महबूबा मुफ्ती, वाईएसआरको जगन मोहन रेड्डी सामेल भए । 

क–कसले गरे वैठक बहिष्कार
काँग्रेस, समाजवादी पार्टी, बहुजन समाज पार्टी, द्रमुक, तेदेपा, तृणमुलजस्ता पार्टीले भने बैठकलाई बहिष्कार गरे । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, बहुजन समाज पार्टीकी प्रमुख मायावतीले बैठकमा भेला हुने आमन्त्रण अस्वीकार गरिदिए । कम्युनिष्ट नेता सिताराम यचुरी भने बैठकमा सहभागी भए तर ‘एक देश, एक चुनाव’को मुद्दाको भने विरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप