शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

बिहीबार, ०५ असार २०७६, १३ : ४५
बिहीबार, ०५ असार २०७६

प्योङयाङ– चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् ।  चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो । 

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन् ।  चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ । 

आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हुँदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय शुरु भएको समाचारमा बताइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप