शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्सुरेन्सले सेयर धनीलाई दिने भयो लाभांश, बोनस सेयर र नगद कति ?

बिहीबार, ०५ असार २०७६, १३ : ३२
बिहीबार, ०५ असार २०७६

काठमाडौं–नेपाल इन्सुरेन्सले आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीलेगत वर्षको नाफाबाट लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर दिन लागेको हो । 

सो बोनस सेयरको कर तिर्न नगद समेत दिने भएको छ । इन्सुरेनसको हाल कायम रहेको १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशत हुन आउने बोनस सेयर दिन लागेको हो । 

यो भनेको सात करोड ६४ लाख ३२ हजार सात सय ७९ रुपैयाँ ७२ पैसा बराबरको बोनस सेयर दिन लागेको हो ।

 त्यस्तै उसले दिने बोनस सेयरमा लाग्ने कर तिर्नको लागि ४० लाख २२ हजार ७ सय ७८ रुपैयाँ ४१ पैसा नगद लाभांश दिने छ । 

कम्पनीको यो निर्णय  बिमा समितिको स्विकृति र साधारण सभाले पारित गरेपछि मात्र वित्तरण हुनेछ । 

तेस्रो त्रैमासको प्रतिवेदन अनुसार नेपाल इनसुरेन्सको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २० पैसा छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २१ पैसा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप