बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समस्यामा रितिक रोशनको परिवार, बहिनी सुनैनाले लगाइन् विभिन्न गम्भीर आरोप

बिहीबार, ०५ असार २०७६, १० : ४४
बिहीबार, ०५ असार २०७६

एक वर्षभन्दा लामो समयदेखि नायिका कंगना रनौत र रितिक रोशनबीच आरोप–प्रत्यारोप चलिरहेको छ । यद्यपि, रितिक धेरैजसो यो मुद्दामा चुप बस्ने गर्छन् तर कंगना रनौत  र उनकी बहिनी रंगोली चन्देल लगातार रितिकमाथि हमला गर्ने गर्छन् । हालै रंगोलीले ट्वीटरमा रितिककी बहिनीबारे विभिन्न जानकारी दिएकी छिन् जसले रोशन परिवारको परिवारलाई समस्यामा पारेको छ ।

रंगोलीले ट्वीटरमार्फत् रितिककी बहिनी सुनैना एक मुस्लिम परिवारको प्रेममा भएको बताउँदै उनको परिवारलाई यो सम्बन्ध स्विकार्य नभएको जानकार िदिएकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘यो सम्बन्धका कारण  रिसाएका परिवारले सुनैनामाथि कुटपिटसमेत गरिरहेका छन् । ’

रंगोलीले आफ्नो ट्वीटरमा यो दाबी गरेकी छिन् कि रितिक रोशनको परिवार सुनैनालाई निकै टर्चर गर्ने गर्छ र सुनौना यो मामलामा कंगनासँग मद्दत माग गरिरहेकी छिन् । उनका अनुसार गत हप्ता एक महिला पुलिसकर्मीले उनलाई थप्पड हानिन्, उनका बुवाले पनि उनलाई कुटे र उनका भाइ उनलाई जेलमा बन्द गरेर राख्न चाहन्छन् ।

रंगोलीले थपिन्, ‘मलाई डर छ कि उनको खतरनाक परिवारले उनलाई केही हानी गर्नेछ । हामीले यो कुरा यसकारण सार्वजनिक गरेका हौं किनभने सुनौना सधैं कंगनालाई फोन गरेर रुन्छिन्  । कंगनालाई थाहा छैन कि सुनैनालाई कसरी सहयोग गर्ने त्यसकारण उनले सुनैनाको नम्बर ब्लक गरेकी छिन् तर हामी उनको सुरक्षाका लागि चिन्तित छौं । मलाई आशा छ, यसो गरेर रोशन परिवार डराउनेछ र उनीहरुले छोरीमाथिको क्रुर व्यवहार त्याग्नेछन् ।’

रंगोलीको यस्तो आरोपलाई रितिककी बहिनी आफैंले पुष्टि गरेकी छिन् । बुधबार बेलुकी पिंकभिल्लासँग भएको कुराकानीमा उनले आफू सधैं झैं नर्कमा बसेको जस्तो जीवन बाँचिरहेको बताएकी छिन् । सुनैनाका अनुसार उनले कंगनाकी बहिनी रंगोलीद्वारा गरिएको सबै ट्वीट पढेकी छिन् र यसलाई साँचो भएको पुष्टि गरेकी छिन् । यो वास्तविकता सार्वजनिक भएकोमा आफूलाई कुनै आपत्ति नभएको उनले बताएकी छिन् ।

सुनैनालाई विश्वास गर्ने हो भने उनले सधैं वास्तविकतालाई साथ दिएको र भविष्यमा पनि वास्तविकताका लागि लड्ने बताएकी छिन् । उनले बिहिबार कंगना र रंगोलीलाई भेट्ने जानकारी दिएकी छिन् । उनका अनुसार कंगनाले नै उनलाई न्याय दिनसक्छिन् । सुनैना भन्छिन्, ‘यो कदम मेरो परिवारविरुद्ध हो तर यसले मलाई केही फरक पार्दैन ।’

जुन मुस्लिम पुरुषसँगको प्रेमका कारण पिता राकेश रोशन र भाइ रितिक रोशन सुनैनाका विरुद्ध छन् उनीसँगको प्रेम कसरी झाँगियो भन्नेबारे जानकारी दिँदै उनी भन्छिन्, ‘म एक मुश्लिम पुरुषसँगको प्रेममा छु यसैकारण पिता राकेश रोशनले मलाई थप्पड हान्दै मेरा प्रेमीलाई आतंकवादी बताए । उनको नाम रुहेल अमिन हो जो व्यवसायिक रुपमा एक पत्रकार हुन् । रुहेलसँग एक वर्षअघि फेसबुकमार्फत् भेट भएको थियो । परिवारको डरले उनको नम्बर मैले सेभ गरेकी थिइनँ ।’

उनले थपिन्, ‘म चाहन्छु कि मेरो परिवारले रुहेललाई तुरुन्त अपनाओस् । मेरो परिवारले यसको चक्करमा मेरो जीवन नरक बनाइरहेका छन् जुन अब म सहन सक्दिनँ । रुहेल मुसलमान भएका कारण मेरो परिवारले अपनाइरहेको छैन । यदि ऊ आतंकवादी भएको भए मिडियामा किन का गर्दथ्यो ? किन गुगलभरी जताततै हुन्थ्यो ?’

यो पूरा मामलामा भाइ रितिक रोशनको भूमिकाबारे सुनैना बताउँछिन्, ‘यो मामलामा रितिकले केही गरेको छैन । यतिबेला ऊ पिताको निर्देशनको पालना गरिरहेको छ ।  मेरो यो सम्बन्धले न पिता खुसी छन् न रितिक नै । रितिकले मलाई मुम्बईमा मेरा लागि घर खरिद गरिदिने बचन दिएको थियो तर अहिलेसम्म उसले आफ्नो बचन पूरा गरेको छैन । जब मैले लोखण्डवालामा एउटा भाडाको घर भेटेँ र त्यहाँ सर्न खोज्दा भाडा महँगो भनेर सर्न दिएनन् । के रितिकका लागि २.५ लाख महँगो हो । परिवारको हरेक सदस्य मलाई दुःख दिन जुटेका छन् ।’

सुनैनाले आफ्नो उक्त कुराकानीमा पैसाको समस्याबारे पनि कुरा गरेका छन् । उनले भनेकी छिन्, ‘मेरो खर्चका लागि पैसा दिइँदैन । निकै कराएपछि पैसा माग्दा आमाले ५० हजार दिँदै भनिन्, ‘महिनाभरी चलाउनु’ । ’

सुनैना कंगना रनौतसँग सम्पर्कमा आउनुको कारण बताउँदै भन्छिन्, ‘कंगनासँग मद्दतका लागि सम्पर्कमा आएकी थिइन् किनभने उनी महिलाको शक्तिको प्रतिनिधित्व गर्छिन् । म कंगना र महिला शक्तिलाई समर्थन गर्छु । ’

सुनैना कंगनाको तारिफ गर्दै भन्छिन्, ‘कंगना पनि न्यायका लागि लडिरहेकी छिन् । रितिक र कंगनाबीच के भएको थियो, मलाई खासै राम्रोसँग थाहा छैन तर धुँवा निस्केको छ भने आगो कतै न कतै पक्कै लागेको छ । कंगनाको कुरा यदि गलत हो र रितिकसँग यसका केही प्रमाण छन् भने उनले प्रमाण पेश गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप