केन्द्रीय संस्करण
अन्तरवार्ता

जीवनवृत्त : पहिलेका  गरिब नेताकार्यकर्ता अहिले नवधनाढ्य भएका छन्

'राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याएपछि नेपालमा  केही लोभी, पापी कम्युुनिस्ट आए'

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline2

वरिष्ठ नागरिक नन्दन अर्याल सिद्धान्तनिष्ठ र समर्पित कम्युनिस्टका रूपमा चिनिनुहुन्छ । बारा बभवनका पुस्तौनी बासिन्दा अर्याल २०११ सालमा भएको ऐतिहासिक किसान आन्दोनका नेतृत्वकर्ता हुनुहुन्थ्यो । अर्याल पञ्चायत कालमा  पटक पटक वारेन्टेड रहनुभयो । पाँच पटक  त जेल  पर्नुभएको थियो ।  जेलबाट छुुटेपछि पनि प्रहरीको आँखा छल्न कहिले भूमिगत रहने र कहिले भारततिर भाग्ने र फर्कने क्रम चलिरहन्थ्यो । यसरी नै उहाँका पञ्चायतकालीन तीस वर्ष वितेका थिए ।

प्रस्तुत छ अर्यालसँग रातोपाटीले गरेको कुराकानीका प्रमुख अंश :

तपाईं कहिलेबाट कम्युनिस्ट राजनीतिमा लाग्नुभयो ? कसैबाट प्रभावित भएर लाग्नुभएको थियो कि ?

 बाराको बभवन गाउँमा वि.सं. १९८८ मा मेरो जन्म भएको हो । त्यहीँ हुर्केँ ।  विराटनगरमा काकाको घर थियो । म त्यहाँ  गइरहन्थँे । २००७ सालको कुरा हो । त्यतिबेला त्यहाँका बडाहाकिम उत्तमविक्रम राणा रहेछन् । एक दिन काँग्रेसले उत्तमविक्रमलाई घेरेछ । गोली हानाहान भयो । विराटनगरबाट धेरै मानिस भागेर बाहिर गए । मेरा काका पनि बखै भाग्नुभयो । बखैबाट जोगबनी स्टेसनमा जान हिँडेका थियौँ । त्यहाँ जानका लागि गौरी स्टेसनको गोदाम घरमा बस्यौँ । मनमोहनजीको बुुबा पनि त्यहीँ बस्नुुभएको रहेछ  । भेट्ने संयोग मिल्यो ।  उहाँले भन्नुुभयो, ‘मेरो छोरो कम्युनिस्ट भयो । काँग्रेस र राजाको पनि विरोधी भयो । हामी यताको न उताको भयौँ ।’

उहाँले ‘कम्युनिस्टहरू जातपात मान्दैनन्, धनी गरिबको भेदभाव गर्दैनन्’ आदि इत्यादि धेरै कुुराको व्याख्या पनि गर्नुुभयो । मेरो मनमा पनि  जातपात नमान्ने, निजी सम्पत्तिको मोह पनि नराख्ने कम्युनिस्ट भनेको कस्तो होला भन्ने उत्सुकता भयो ।


बाबु बाजेदेखि चलिआएको कुरा भन्थे । भाग्यको कुरा भन्थे । उनीहरूलाई विश्वास हुुँदैनथ्यो । हामी विभिन्न उदाहरण दिएर सम्झाउँथ्यौँ ।  विस्तारै उनीहरूले पनि बुुझ्न थाले । हामीलाई मालिकले ठगेकै हो, यो भगवानको इच्छा होइन भन्ने बुझ्न थाले । तिनीहरूमा वर्गीय घृणा र आत्मसम्मानको भावना जागेको व्यवहारमै देखिन थाल्यो । सामन्ती अन्याय अत्याचारका विरोधमा आवाज उठ्न थाल्यो । ग्रामीण क्षेत्रमा वर्गसङ्घर्ष बढ्दै गयो ।


त्यहाँबाट फर्केपछि वीरगञ्जमा श्यामप्रसाद शर्मासँग मेरो सम्पर्क भयो । वीरगञ्जको जुुन ठाउँमा श्यामप्रसादजीको घर थियो । त्यसको छेउमा मेरो गाउँलेको पनि जग्गा रहेछ । ती गाउँलेले मसँग श्यामप्रसादजीको  धेरै प्रशंसा गरे । भेट्न जाऊँ भने । उहाँलाई भेट्न गएँ । म उहाँबाट धेरै प्रभावित भएँ । उहाँले कम्युनिजमका बारेमा धेरै व्याख्या र विश्लेषणसाथ मलाई बताउनुभयो ।   त्यसपछि २००९ सालमा मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । पार्टी सदस्य भएपछि मैले श्यामजीसँगै मिलेर काम गरँे ।

यो पनि पढ्नुहोस्

के हो कम्युनिजम, को हो कम्युनिस्ट र के हो कम्युनिस्ट संस्कृति ?

तपाईं सुरुमा कुन कुन आन्दोलनमा सरिक हुनुभयो  त ?

पहिले बाहुुनले हलो जोत्न हुँदैन भन्थे । सबैभन्दा पहिले बारामा हलो जोत्ने बाहुुन मै थिएँ । त्यसपछि कम्युनिस्ट पार्टीको सङ्गठन बढाउन गाउँमा पस्यौँ । गाउँतिर कम्युनिस्ट भन्ने बित्तिकै डराउँथे । बस्न दिँदैनथे । एक ठाउँमा बसेर चिउरा किनेर खाने तरखरमा थियौँ । त्यहाँका मानिस आएर ‘खबरदार यसलाई केही बेचिस् भने’ भने ।

गाउँमा हलो जोत्ने मुुसहर हुुन्थे । हामी तिनीहरूकहाँँ जान्थ्यौँ । हामीले  सँगै भएर एक छिन हलो जोत्न खोज्दा उनीहरू डराउँथे । साहूले देख्यो भने गाली गर्छ भन्थे । त्यहाँ तिनीहरूलाई  हामी माक्र्सवादी शिक्षा दिन्थ्यौँ । समाजमा वर्ग छ, शोषण छ । शोषण मास्न शोषित वर्गले विद्रोह गर्नुुपर्छ भन्ने कुुरा गथ्र्याैँ ।

बाबु बाजेदेखि चलिआएको कुरा भन्थे । भाग्यको कुरा भन्थे । उनीहरूलाई विश्वास हुुँदैनथ्यो । हामी विभिन्न उदाहरण दिएर सम्झाउँथ्यौँ ।  विस्तारै उनीहरूले पनि बुुझ्न थाले । हामीलाई मालिकले ठगेकै हो, यो भगवानको इच्छा होइन भन्ने बुझ्न थाले । तिनीहरूमा वर्गीय घृणा र आत्मसम्मानको भावना जागेको व्यवहारमै देखिन थाल्यो । सामन्ती अन्याय अत्याचारका विरोधमा आवाज उठ्न थाल्यो । ग्रामीण क्षेत्रमा वर्गसङ्घर्ष बढ्दै गयो ।


राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याएपछि नेपालमा  केही लोभी, पापी कम्युुनिस्ट आए । महेन्द्रको सरकारले कति नेता कार्यकर्तालाई किनेर सत्तामा लग्यो । त्यसपछि विस्तारै नेता कार्यकर्तालाई लोभी पापी बनाउने कोसिस बढ्दै गयो । तर राजा र उनका पञ्चहरू यसमा सफल हुन सकेनन् । सीमित मानिस मात्र पञ्चायत पसे । त्यसबेलाका कम्युुनिस्टमा सिद्धान्तप्रति निष्ठा थियो ।


हामीले परम्परागत नाच मण्डलीका गीतका ठाउँमा नयाँ गीत घुसाएर पनि  आन्दोलन अघि बढायौँ । सामन्ती वर्गका मानिसहरू आएर हामीले गीत गाउँदा  गाउँदै रोकिदिन्थे । त्यतिबेला नाचमण्डलीमा केटाहरूलाई नै लामो लामो  कपाल राखेर महिलाको जस्तो बनाउँथे । यसरी कपाल पालेको केटालाई असराहन भनिन्थ्यो । असराहन भनेको केटी बनेर नाटकमा गाउने नाच्ने केटा  हो  । एक पटक एक जना असराहन केटालाई  एउटा सामन्तले समात्यो र मुण्डन गरिदियो । ऊ रुन थाल्यो । सामन्तहरू हामीमाथि यसरी पनि रिस पोख्थे ।

पछि सङ्गठनले व्यापकता लिँदै गयो । मानिसहरूलाई सामन्तहरू र तिनले फिँजाएका धर्मप्रति शङ्का हुुन लाग्यो । शङ्काबाट घृणा पैदा हुुन थाल्यो । घृणा हुन थालेपछि विस्तारै लडाकुु भावना पैदा भयो । खेत जसले जोत्यो त्यसको हुुनुपर्छ । ‘जिसका जोत उसका पोत’ भन्ने नारा सुुनिन थाल्यो । साहू सामन्तका एक एक ठगीको पोल खुल्न थाल्यो ।

 त्यतिबेला जमिनदारहरू ठाउँ ठाउँमा खेतका एक मोहीबाट जग्गा खोसेर अर्काे मोही बनाउने गर्थे । हरेक वर्ष मोही परिवर्तन हुन्थ्यो । कम्युनिस्टको जागरण प्रचारले गर्दा खेत खोस्न दिन्नौँ भन्ने अवस्थासम्म किसान आए । यसरी  विकास हुुँदाहुुँदा २०११ मा त यस भेगमा किसान आन्दोलनले  विशाल विस्फोटकै रूप लियो ।

किसान आन्दोलनको नेतृत्व म, बजुर सिंह र अन्य थुुप्रै साथी मिलेर गरेका थियौँ  । गाउँ गाउँबाट किसान आएका थिए । साहू सामन्तहरू पनि पुुलिस लिएर आएका थिए । त्यहाँ गोली चलाउन थालियो । मुुखलाल महतो सहिद भए  । त्यसपछि सबैलाई पुुलिसले पक्राउ गर्न लाग्यो । भागाभाग भयो । म पनि जेल परँे । साथीहरू पनि जेल पर्नुभयो  । जेलबाट छुुटेर आएपछि  पनि हामी आन्दोलनमै लाग्यौँ ।

तपाईं त्यो बेलादेखि अहिलेसम्म पनि क्रान्तिकारी बाटोमै हुनुहुन्छ भन्ने सुनिन्छ । हो त ?

म किसान सङ्गठनमा लगातार लागिरहेँ । रुस र चीनमा मतभेद भयो । यहाँ कसैले माओत्सेतुुङको त कसैले स्टालिनको विरोध गर्न थाले । त्यसपछि हामीमा विचलन पनि आयो । म रसियाको महाधिवेशनमा पनि गएको थिएँ । माओलाई स्थान दिनुुपर्छ भन्ने त्यो महाधिवेशनमा म एक्लै थिएँ । माओलार्ई विरोध गरेर हटाए । तर उहाँको योगदान त अतुुलनीय थियो ।

पञ्चायतकालमा राजा महेन्द्रले राजनीति पीडितलाई थुुप्रै जग्गा दिएका थिए । मलाई पनि सरकारले जग्गा दिएको थियो । मैले लिन मानिनँ । राजनीति पीडित हुुन मैले मन पराइनँ । सिद्धान्त लिएर हिँडेको मान्छे थिएँ म । म पञ्चायतविरुद्ध पनि सुुरुदेखि नै लागँे ।

तपाईंको समयमा कम्युनिस्टको लवाइ खवाइ कस्तो हुुन्थ्यो ? कम्युनिस्ट भनेर कसरी चिनिन्थ्यो समाजमा  ?

कम्युनिस्टहरू पहिले सादा जीवन मन पराउँथे । विद्यार्थी कम्युनिस्टहरू बनारसमा बस्थे । तिनीहरू प्नि सामान्य खालका किसानको ड्रेसमा हिँड्थे । मानसम्मान खोज्दैनथे । जनतासँग कसरी मिल्न सकिन्छ भन्ने भावना थियो । अहम् भाव थिएन । कमाउन पाए हुुन्थ्यो भन्ने माहोल पनि थिएन । भएको पैसा बाँड्ने काम मात्र गर्थे ।

राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याएपछि नेपालमा  केही लोभी, पापी कम्युुनिस्ट आए । महेन्द्रको सरकारले कति नेता कार्यकर्तालाई किनेर सत्तामा लग्यो । त्यसपछि विस्तारै नेता कार्यकर्तालाई लोभी पापी बनाउने कोसिस बढ्दै गयो । तर राजा र उनका पञ्चहरू यसमा सफल हुन सकेनन् । सीमित मानिस मात्र पञ्चायत पसे । त्यसबेलाका कम्युुनिस्टमा सिद्धान्तप्रति निष्ठा थियो । जनताका लागि ज्यान दिने सोच थियो । जोगीजस्ता त्यागी तपस्वीहरूकोे सङ्गठन थियो त्यतिबेलाका कम्युनिस्टहरूको सङ्गठन ।

त्यस बेलाका कम्युुनिस्टले परिवारमा कस्तो व्यवहार गर्थे ?

श्रीमतीलाई दबाउने चलन सर्वाहारा वर्गमा पनि थियो र सामन्ती वर्गमा र मध्यम वर्गमा पनि थियो । जो पढेलेखेका थिए उनीहरूले बुुझेका थिए । विस्तारै विस्तारै समानताको व्यवहार गर्नुुपर्छ भनेर आफूलाई त्यतातिर ढाल्ने कोसिस गरेका थिए । कम्युनिस्ट नेता, कार्यकर्ताले गरिब किसान र सर्वाहारा वर्गसँग आदर सम्मानकोे व्यवहार हुुनुुपर्छ भन्थे । किसान, सर्वाहाराहरू  पनि नेता कार्यकर्ताले आफूसँग बराबरीको गरेकोबाट प्रभावित थिए । किसान र सर्वाहारा वर्गमा पनि सुध्रिने र अगाडि बढ्ने चाहना प्रशस्त थियो ।


आज सर्वहाराकरणको कुरा नगरौँ । कम्युुनिस्ट पार्टीमा रहेर कति कमायौँ ? फलानोले यति कमायो, ठेक्का पायो, तिमीले त केही पाएनौ  भन्छन् । आफूलाई सर्वहाराकरण गर्ने, शोषणको विरोध गर्ने, गरिब किसानको आवाज उठाउने मजदुरलाई अगाडि बढाउने, महिलालाई अघि बढाउने मानिसले कसरी धन कमाउने ?


माथिल्लो वर्गबाट कम्युुनिस्ट भएका नेता कार्यकर्ताहरू पनि विस्तारै आफूूलाई जनताकै तहमा लैजाने, उनीहरूकै लवाइखवाइमा उतार्ने कोसिस गर्थे । उदाहरणका रूपमा विष्णुुबहादुुर मानन्धरजीलाई लिन सकिन्छ । उहाँसँग हजारौँ बिघा जमिन थियो । मेरो कार्य क्षेत्र बारा, रौतहट नै थियो । म उहाँसँग धेरै दिन पैदल हिँडेको छुु, टायरको चप्पल लगाएर । सामन्तीको छोरा हुनुहुन्थ्यो र पनि उहाँको रहनसहन  सर्वहाराको तहमा उठेको थियो । उहाँले आफूूलाई सर्वहाराकरण गर्नुभएको थियो  । त्यतिबेलाको स्थितिमा उहाँले आफूलाई त्यसरी  सर्वहाराकरण गर्नुु सानो कुुरा थिएन ।

आज सर्वहाराकरणको कुरा नगरौँ । कम्युुनिस्ट पार्टीमा रहेर कति कमायौँ ? फलानोले यति कमायो, ठेक्का पायो, तिमीले त केही पाएनौ  भन्छन् । आफूलाई सर्वहाराकरण गर्ने, शोषणको विरोध गर्ने, गरिब किसानको आवाज उठाउने मजदुरलाई अगाडि बढाउने, महिलालाई अघि बढाउने मानिसले कसरी धन कमाउने ?

२०४७ पछि र अझ २०६३ पछि मानिसहरूले कम्युुनिस्ट हुुनुु भनेकोे पैसा कमाउन हो भन्ने सोचे । माथिको आफ्नै नेताले सम्पत्ति आर्जन गरिरहेको, धन कमाइरहेको तलका नेताहरूले देखे । कार्यकर्ताले पनि नेताहरूले धन कमाइरहेको देखे ।  नेताको नक्कल गर्न थाले । त्यसपछि तल्लो तहमा पनि म पनि कमाउँ,  खाउँ भन्ने भावना जाग्योे । त्यसपछि माथिदेखि तलसम्म भ्रष्टहरूको राजनीतिक समूह नै तयार भयो ।

हिजोका कम्युनिस्ट आज नयाँ सामन्तमा परिणत भएकै हुन् त ?

कति परिणत भए भने कति परिणत नभएका राम्रा व्यक्ति पनि छन् । उनीहरू सत्तामा छैनन् । सत्तामा भए पनि असन्तुुष्ट छन् । तर मैले उहाँहरूलाई भेटेँ भने भन्छुु, ‘साँच्चै असन्तुुष्ट हुुनुुहुुन्छ भने विद्रोह गर्नुुहोस् । नयाँ सुरुवात हुन्छ  !’


भ्रष्ट, तस्कर, चोर, डाका, जाली, फटाहा सबै पार्टीमै भित्रिएका छन् । तिनकै हालीमुहाली छ । इमानदारलाई प्रवेश छैन । कसरी सुध्र्रिएला र पार्टी ?


 

बहुदल आइसकेपछि काँग्रेस कम्युनिस्टका नेतालाई सरकारले पैसा बाँढ्यो भन्थे  । तपाईंलाई दिएन ?

 नाम लेखाउनुस् भनेका थिए । मैले नाम लेखाउदिनँ भने । मलाई त्यसरी पैसा लिने चाहना जागेन ।

स्वाधीनतापछि भारत सरकारले स्वतन्त्रता सेनानीहरूलाई पेन्सन बाँड्दा  एक जना साधुुलाई पेन्सन पट्टा थमाएको देखेको थिएँ । सरकारले आफै खोजेर साधुुलाई पेन्सन दिएको सम्मानजनक थियो । नेपालमा त्यस्तो देखिएन ।

नेपालका विभिन्न राजनीतिक आन्दोलनमा साधुले पनि भाग लिएका थिए । एकजना साधुु बद्रिदास बाबा त २००९ को किसान आन्दोलनमा जेलै परेका थिए । तिनले पनि बारामा कम्युुनिस्ट आन्दोलनलाई अगाडि बढाउन धेरै ठूलो भूमिका खेलेको मैले देखेको छु । आफ्नो बाबुले अंश दिँदा सबै छोरालाई बराबर दिन्छन् । बाबुुले छोरामाथि पक्षपात गर्दैन्न भने भगवान्ले किन पक्षपात गर्छन् ? भगवानलाई दोष नदेऊ । सोझा सीधा श्रमजीवीलाई ठग्ने त साहू सामन्तहरू हुन् । तिनैले ठगेर तपाईंहरू गरिब बन्नुभएको हो भनेर साधुले जब भन्थे किसान मजदुरमा त्यसको प्रभाव झन् बढी पथ्र्यो ।

अहिलेका कम्युनिस्ट मन्त्रीहरूको आचरणा कस्तो देख्नुहुन्छ ?

नेपाली काँग्रेसमा जुुन जुुन वर्गको हालीमुुहाली छ, अहिले नेपाल कम्युुनिस्ट पार्टीमा पनि त्यही वर्गको हालीमुुहाली छ । पहिलेका  गरिब नेता, कार्यकर्ता  अहिले नवधनाढ्य भएका छन् । नेपाली काँग्रेस, माओवादी, राप्रपा तुुलना गर्ने हो भने कुुनै फरक छैनन् । उनीहरूका पार्टीको एजेन्डा फरक छ । नाम फरक छ तर उनीहरूको बानी, व्यवहार, कार्यक्रम र नीतिमा कुनै फरक देखिएको छैन ।

आचरणको तहमा विग्रिएका  कम्युनिस्टहरू सुध्रन पनि सक्लान् त ?

मलाई त्यस्तो लाग्दैन, जो बिग्रेका छन् उनीहरू आफू मात्र बिग्रेका छैनन् । अरूलाई पनि बिगारेका छन् । सिङ्गो पार्टीलाई नै बिगारेका छन् । सबै पार्टीलाई पैसामुुखी बनाइदिए । नेताको घरमा ठेक्का पट्टा लिन कार्यकर्ता लाम लाग्छन् । त्यस्तो प्रवृत्तिका नेता कार्यकर्ताहरूलाई कसरी सुुधार्ने ? अब यिनीहरूले सही कम्युुनिस्ट पार्टी बनाउलान् भन्ने विश्वास मलाई लाग्दैन ।

भ्रष्ट, तस्कर, चोर, डाका, जाली, फटाहा सबै पार्टीमै भित्रिएका छन् । तिनकै हालीमुहाली छ । इमानदारलाई प्रवेश छैन । कसरी सुध्र्रिएला र पार्टी ?

कम्युुनिस्टकोे नाममा कम्युनिस्ट आन्दोलन सिद्धिँदै छ कि के त ?

मोहन वैद्य कम्युनिस्ट आन्दोलन गर्छु भन्नुहुन्छ । नेत्र विक्रम पनि त्यही भनिरहेका छन् । तर यहाँ सामान्य कार्यक्रममा पनि नेतृत्व छैन । यिनीहरूलाई मिल्न पनि अरू साम्राज्यवादीहरूले दिएका छैनन् । जनताले विश्वास गरेको र  सर्वमान्य हुन सक्ने नेता कुुनै देखापरेको छैन ।

अहिले पुनः नागरिकताको कुुरा उठेको छ । तराईमा बाहिरबाट आएका मान्छे थुुप्रै छन् । तिनीहरूकै नकारात्मक असरले तराईका जनतामा चेतना धमिलिएको छ । आउनुपर्ने चेतना आएको छैन ?

यहाँ नागरिक थुुप्रै बने । तिनीहरू नेपालको नागरिक हुुन् भने तिनीहरूको घरकहाँ छ ? जन्मस्थल कहाँ हो ? सरकारले किटानी साथ यो कहिल्यै सोधेको छैन । नेपाली नागरिको त नेपालमा पुस्तौनी घर हुुनुुपर्यो नि । घर त छ, दरभङ्गामा छ । रक्सौलमा छ । पटनामा छ । नागरिकता मात्र नेपालकोे छ ।  यस  देशका नेताहरूले देशको सेवा गरेका छैनन् । यहाँ जसले पैसा दियो उसले नागरिकता पाउँछ । नोकरी पाउँछ ।


कुनै समय रौतहटमा  २९ जना माओवादीहरू वीभत्स रूपमा मारिए ।  जो मरे तिनका बारेमा कुुनै माओवादी नेतागणले प्रश्न उठाएनन् । बरु मिलिजुली सरकार चलाए । नेपाली जनताले यस्ता विडम्बना पनि देखेका छन् ।


नेपालमा सही नागरिक नीति कस्तो हुनुपर्ला ?

नागरिकताका सन्दर्भमा पनि सबैभन्दा ठूलो खतरा ओपन बोर्डरमा छ । जो जति बेला आउन चाहन्छ आउँछ । यता आउने र उता जाने कुरामा नियमन छैन । यो सबैभन्दा ठूलो खतरा हो । अरू देशमा विवाह गरेर ल्याएको छ भने पाँच दस वर्षपछि नागरिकता दिने चलन हुुन्छ । हाम्रो देशमा छोरो जन्मने बित्तिकै वंशज हुुन्छ । कडाइ गरेको देखिँदैन । कडाइ नगर्ने हो भने यहाँका बासिन्दाहरू आगामी दुुई चार वर्षमा अल्पमतमा पुग्छन् ।

अनि तराईमा यदाकदा पृथकतावादका कुरा पनि सुनिन्छन् नि ?

असन्तुष्टहरू, सुुविधा नपाएकाहरू, नोकरी नपाएकाहरू, थिचोमिचोमा परेकाहरू यदा कदा त्यस्ता कुरा निकाल्छन् । 

तराईमा जातीय समस्या छ । अन्य विभिन्न शोषणका समस्या पनि छन् । जनतासम्म सरकार अहिलेसम्म पुुगेको छैन । समस्या सम्बोधन गर्न सकेको छैन । यस कारणले पनि असन्तुुष्टि छ । नेपाल सरकारको कुरा गर्ने हो भने यो सरकार कसको हो भन्ने छुुट्याउन मुुस्किल छ । यिनीहरूबाट आशा गर्ने के ?

कुनै समय रौतहटमा  २९ जना माओवादीहरू वीभत्स रूपमा मारिए ।  जो मरे तिनका बारेमा कुुनै माओवादी नेतागणले प्रश्न उठाएनन् । बरु मिलिजुली सरकार चलाए । नेपाली जनताले यस्ता विडम्बना पनि देखेका छन् । अहिले देशभक्त जति सबै सबै पाखामा छन् । कुुनै पनि आन्दोलन जब  ‘क्लाइमेक्स’मा पुग्छ, कम्युुनिस्ट भनौदाहरू बाध्य भएर एकतामा जान्छन् । नत्र जाँदैनन् । दुुर्भाग्य के छ भने यस देशमा कम्युनिस्टहरू चाहिँ मिलेर पनि  मिलिरहेका छैनन् ।

उमेरमा तपाईंले जे देख्नुभयो, भोग्नुभयो त्यसको सारमा के भन्न चाहनुुहुन्छ ?

नयाँ पुुस्ताका मानिसहरू राजनीतिमा आउनुुपर्छ । पुुरानो पुुस्ताका मानिसहरू पनि नयाँ सोचमा आउनुपर्छ । कम्युनिस्ट विचारधारा लिएका सबैको  एउटै पार्टी नबनाए पनि एउटा सङ्गठन बनाइयोस् । त्यस सङ्गठनबाट कार्यक्रम दिइयोस् । जनताले पत्याउने स्थिति बन्ला कि ? पार्टी जति पनि छन् मलाई त   तिनीहरूमाथि विश्वासै लाग्दैन  । हामीले रायमाझीदेखि नै धोका खाँदै आइरहेका छौँ । पुष्पलालजी नै हो सच्चा कम्युनिस्ट । यसको समयमा मूल्याङ्कन भएन ।

हरेक मान्छे ऊभन्दा म ठीक भनेर ढयाङ्ग्रो ठोकिरहेको् छ । तर को ठीक हो भन्ने कुरा जनताले मूल्याङ्कन गर्ने हो । अहिले सत्तामा रहेका नेताहरूले देश र जनताका भलाइका लागि केही गर्लान् भन्ने त मलाई लाग्दैन ।

तपाईंका विचारमा खास कम्युनिस्ट कस्तो हुनुपर्छ ?

पहिले कुरा त कम्युनिस्ट भनेपछि त्यागी हुनु पर्छ । स्वार्थी हुनु हुँदैन । शोषित पीडित जनताका भलाइको निम्ति सोच्ने, वर्गविहीन समाज निर्माणका  लागि निरन्तर सङ्घर्ष गरिरहने, समाजमा रहेका अत्याचार अन्याय अन्त्य गर्न लागिपरिरहने, जहिले र जहाँ पनि शोषितपीडित जनको पक्षमा उभिने र शोषणबाट मुक्तिका निमित्त सङ्घर्ष गरिरहने मानिस नै सच्चा कम्युुनिस्ट हो भन्ने मलाई लाग्छ ।

पहिले र अहिलेका नेतामा फरक के पाउनुहुन्छ ?

फरक धेरै छन् । पहिलेकामा सिद्धान्त निष्ठा थियो । कमरेड पुष्पलाल  धेरै असल नेता हुनुहुन्थ्यो । पञ्चायत गएर बहुदल आएपछि मदन भण्डारीले  बहुदलीय जनवाद ल्याउनुभयो । यो एमालेको निम्ति सही हुन सक्छ । हामीजस्ता  कम्युनिस्टका  निम्ति सही हुन सक्दैन । कम्युनिस्टले कम्युनिज्मको सही कार्य दिशा लिएर हिँड्नुपर्छ । अब सच्चा कम्युनिस्टहरूले नयाँ सिराबाट सोच्नुपर्छ ।

 

 

कमेन्ट

  1. June 20, 2019, 3:23 p.m. Omraj
    "कम्युनिस्ट भनेपछि त्यागी हुनु पर्छ । स्वार्थी हुनु हुँदैन । शोषित पीडित जनताका भलाइको निम्ति सोच्ने, वर्गविहीन समाज निर्माणका लागि निरन्तर सङ्घर्ष गरिरहने, समाजमा रहेका अत्याचार अन्याय अन्त्य गर्न लागिपरिरहने, जहिले र जहाँ पनि शोषितपीडित जनको पक्षमा उभिने र शोषणबाट मुक्तिका निमित्त सङ्घर्ष गरिरहने मानिस नै सच्चा कम्युुनिस्ट हो" अहिलेको कम्युनिष्टहरु ठिक तेस्को उल्टा छन । करोडौको सम्पत्ती जम्मागर्ने र आफै सामन्त भएर बस्ने
  2.  0 Reply
  3. June 20, 2019, 11:06 a.m. gopal bahadur bogati
    yesto po hota kamnistako bichar aileka chor kamnista des chod
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...