शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो कर्णाली आयोजना सरकारले बनाउनुपर्छः रावल

बुधबार, ०४ असार २०७६, २१ : ४१
बुधबार, ०४ असार २०७६

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार आफैले बनाउनुपर्ने बताएका छन् । नेकपा अछामले विनायकमा आज आयोजना गरेको सभामा नेता रावलले आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको दाबी गरे । 

आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुने रावलको भनाइ छ । नौ सय मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड छ । 

उहाँले जनताका समस्या समाधानका लागि आपूm र आफ्नो पार्टीका नेता कार्यक्रताले जनताको मतको शिरोधार्य गर्दै अधि बढ्ने बताए ।

जनसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले अव नेकपाले गाउँ, नगर, वडा तहमा कमिटी विस्तार गर्दै अघि बढ्ने र जनताको साथमै रहने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप