५० हजार घुससहित त्रिविका सहायक डीन समातिए
बुधबार, ०४ असार २०७६, २० : २१
काठमाडौं–त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् ।
कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस सहित पक्राउ गरेको हो ।
पटेललाई ५० हजार घुस लिइसकेको अवस्थामा किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’