नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही हुन्छ: प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भिर नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे ।
उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कार्वाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारे । बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले जनता र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
-
प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड