कतार एयरवेजद्वारा फिफा यू–२० विश्वकप २०१९ विजेता युक्रेन टोलीलाई बधाई ज्ञापन
दोहा– फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाईन कतार एयरवेजले पोल्याण्डमा आयोजित फिफा यू–२० विश्वकप २०१९ प्रतियोगिता विजयी टोली युक्रेनलाई बधाई ज्ञापन गरेको छ ।
पोल्याण्डको लोजमा १५ जुन २०१९ शनिबारको दिन भएको रोमाञ्चक अन्तिम खेलमा युक्रेनले कोरिया गणतन्त्रलाई पराजित गर्दै विश्वकप ट्रफी हात पारेको थियो जहाँ खेलपश्चात् मेडल तथा व्यक्तिगत पुरस्कार कतार एयरवेजका टोलीले हस्तान्तरण गरेका थिए ।
फिफा य–२० विश्वकप २०१९ पोल्याण्डले आयोजना गरेको पहिलो फिफा प्रतियोगिता हो । यसअघि युक्रेनसँगको संयुक्त आयोजनामा युएफा युरो २०१२ तथा युएफा युरोपियन यू–२१ च्याम्पियनशिप गरी युएफा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मात्र आयोजना गरेको थियो ।
कतार एयरवेज समुहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले कतार एयरवेजको तर्फबाट फिफा यू–२० विश्वकप २०१९ विजेता टोली युक्रेनलाई हार्दिक बधाई दिए । उनले फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाईनको रुपमा फुटबलको भविष्यको प्रतिभा प्रदर्शन गर्ने यस उत्कृष्ट प्रतियोगितामा साथ दिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’