रुपन्देहीमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ
बुटवल– जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा विना कागजातको भारतीय मोटरसाइकल छुटाइदिन आग्रह गर्दै घुस दिने खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पकाउ पर्नेमा रुपन्देहीको मर्चबारी गाउँपालिका बार्ड नम्बर १ बस्ने ६३ बर्षका रामराज यादव रहेका छन् ।
जेठ ३२ गते विना काजगपत्र भारतीय नम्बरका २ वटा मोटरसाईकललाई प्रहरीको नियमित चेकिङ्गको क्रममा सिदार्थनगरपालिको गल्लामण्डीमा नियन्त्रण लएको थियो । उक्त मोटरसाईल छुटाउनको लागि आज जिल्ला प्रहरी कार्यलयको प्रहरी निरीक्षकको कक्षमा १० हजार रुपैयाँ लिएर पुगेका थिए । जिल्ला प्रहरी कार्यालका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले घुस दिन खोज्ने यादवलाई अख्तियार कार्यालयमा पठाएको जनाकारी दिए ।
प्रहरीले दुईवटा भारतीय मोटरसाईकल नियन्त्रण लिएको थियो । उनी मोटरसाईक धनी र कागजपत्र विना छुटाउनको लागि हिजो पनि जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने