बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्डबीच छलफल, के भयो कुराकानी ?

बुधबार, ०४ असार २०७६, १५ : १३
बुधबार, ०४ असार २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटमा पार्टी एकताका बाँकी कार्यभार तथा नेताहरुको कार्यविभाजनको बारेमा छलफलमा भएको हो ।

यसै विषयमा थप निर्णय लिन आजको बैठकले शनिबार पार्टीको सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै, लामो समयदेखि प्रकाशित हुन नसकेको राजनीति प्रतिवेदनलाई पनि प्रकाशित गर्ने सहमति दुई अध्यक्षबीच भएको छ । 

माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री विदेश भ्रमण तथा व्यस्त कार्यतालिकाका कारण लामो समयदेखि पार्टीको बैठक बस्न सकिरहेको थिएन ।

दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप