शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्तावित चार देशका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

उजुरी आह्वान गर्ने निर्णय
बुधबार, ०४ असार २०७६, १२ : ०७
बुधबार, ०४ असार २०७६

संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ । 

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा प्रस्तावित राजदुतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

सरकारद्धारा प्रस्तावित चार वटै देशका राजदुतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ ।

समितिले राजदुतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप