बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड ठग्ने पक्राउ

बुधबार, ०४ असार २०७६, ११ : ५८
बुधबार, ०४ असार २०७६

काठमाडौं–सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको गणेशस्थान गाविस घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका स्थित मनमैजु बस्ने प्रवीण पौडेल रहेका छन् । 

उनले ट्रेनिङ सेन्टर खोलेर सिंगापुर पठाइदिने र मासिक ६५० डलर तलब हुने भन्दै करीब ३०० जनाबाट ६ करोड ठगी गरेको प्रहरीले जनाएको छ । 

आफू ठगिएको भन्दै झापाको तीर्थ हमालले दिएको उजुरीको आधारमा लुकीछिपी बसेको अवस्थामा हेटौडाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप