शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती राजकुमारको कार्गेडले ठक्कर दिँदा ८३ वर्षेको अवस्था नाजुक

बुधबार, ०४ असार २०७६, ११ : ५०
बुधबार, ०४ असार २०७६

बेलायती राजकुमार विलियम्सको कार्गेडले ठक्कर दिँदा एक हजुरआमाको अवस्था नाजुक छ ।

सोमबारको उक्त दुर्घटना सात महिनामा राजपरिवार संलग्न भएको सातौं दुर्घटना हो । पुलिस अधिकारी यसबारे अनुसन्धान गरिरहेका छन् ।

विलियम र उनकी श्रीमती केट विन्डसर क्यासलमा आयोजित एक कार्यक्रममा भाग लिन लण्डन छोड्ने क्रममा उक्त दुर्घटना भएको हो ।

स्थानीय साइमन ब्यांक्सका अनुसार दुर्घटनामा घाइते ८३ वर्षे वृद्धाको नाम इरेने मेयर हो । उनले भनिन्, ‘दुर्घटनास्थललाई पुलिसले पूरै घेरेका थिए । एक वृद्धा भुइँमा थिइन्, उनले घटनास्थलमा नै उपचार भइरहेको थियो र त्यहाँ नजिकै सडकको छेउमा मोटरसाइकल रोकिएको थियो ।’

शाही जोडीका प्रवक्ताले डेली मेलसँगको कुराकानीमा आफूहरुलाई दुर्घटनाले अत्यधिक दुःखी बनाएको  र पीडितको परिवारसँगको सम्पर्कमा रहेको जानकारी दिए । आफूहरुले फूलसमेत पठाएको उनले बताए ।

घाइते इरेने यदि तयार छिन् भने शाही जोडीले उनलाई भेट्ने बताएका थिए ।

इरेनेसँगै बस्ने उनकी छोरी फियोनाले आमालाई अत्यधिक चोट लागेको जानकारी दिइन् । ‘डाक्टरले उनको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिरहेका छन् ।’

पुलिसका अनुसार ८३ वर्षे पीडितलाई लण्डन अस्पताल पुर्याइएको छ जहाँ उनको स्वास्थ्य नाजुक तर स्थिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप