‘सोनपरी’ बाट चर्चित भएकी थिइन् झनक, १९ वर्षपछि चिन्न नै मुश्किल
बुधबार, ०४ असार २०७६, १० : २४
१९ वर्ष अघि टिभीको दुनियाँमा झनक शुक्लाको तोते बोली थियो । ९० को दशकमा टिभीमा उनको राज चल्थ्यो । उनी सबैभन्दा चर्चित बाल कलाकारको रुपमा परिचित थिइन् । ‘करिश्माका करिश्मा’ र सोनपरीजस्ता कार्यक्रममा उनको निकै चर्चा भयो ।
करिश्माका करिश्मा कार्यक्रममा उनी एक यस्तो बालिकाको भूमिकामा थिइन् जो रोबोट थिइन् । उनको यो भूमिका दर्शकलाई निकै मनपर्यो ।
वाल्यकालमा अभिनयको दुनियाँमा आफ्नो जादु चलाउने झनक अचानक पर्दाबाट टाढिइन् । सोनपरीपछि उनी पर्दामा देखिइनन् ।
झनकले पर्दामा फिर्ता हुने कुनै पनि योजना नभएको बताएकी छिन् । उनी अहिले आफ्नो पढाईमा केन्द्रित भएको बताउने गर्छिन् । इन्स्टाग्राममा उनका थुप्रै तस्बिर छन् जसमा उनलाई चिन्नै मुश्किल छ ।
झनक भविष्यमा समाजसेवी बन्न चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा