बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अपराजित न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाको चुनौती

बुधबार, ०४ असार २०७६, ०८ : ५३
बुधबार, ०४ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । एजबस्टन स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जितको लक्ष्य राखेका छन् ।

जारी विश्वकपमा न्युजिल्यान्ड निक बलियो देखिएको छ । दक्षिण अफ्रिका भने खराव प्रदर्शनबाट गुज्रिएको छ । न्युजिल्यान्डले यसअघिका चार खेलमा तीन जित निकालेको छ । एक खेल बर्षाका कारण रोकिएको थियो । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिकाले एक खेल मात्र जितेको छ । 

दक्षिण अफ्रिका तीन खेलमा पराजित भईसकेको छ । एक खेल बर्षाका कारण रोकिएको थियो । दक्षिण अफ्रिकालाई अगाडी बढ्न अब सबै खेल जित्नुपर्ने अवस्था छ ।

यद्यपी यी दुवै टोली विश्व क्रिकेटमा पूराना र अनुभवी छन् । यी दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् । न्युजिल्यान्ड सन् २०१५ को विश्वकको फाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका सेमिफाइनल माथि जान सकेको छैन ।

यसपटक सानदार प्रदर्शन गरिरहेको न्युजिल्यान्ड अपराजित छ । त्यसैले आजको खेलमा पनि न्युजिल्यान्ड दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्न लालायित छ । विश्कपमा टिकिराख्न दक्षिण अफ्रिाकालाई पनि न्युजिल्यान्डलाई हराउनु पर्ने बाध्यता छ ।

विश्वकपमा यसअघि दुई टोलीको भिडन्तमा पनि न्युजिल्यान्ड बलियो देखिएको छ । यसअघि यी दुई टोली विश्वकपमा सात पटक भिडेका थिए । जसमा न्युजिल्यान्ड पाँच र दक्षिण अफ्रिकाले दुई खेल जितेको छ । 

न्युजिल्यान्ड ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा सन्तुलित देखिएको छ । यता अनुभवी टोली दक्षिण अफ्रिका पनि आफ्नो शाख जोगाउने पक्षमा छ । त्यसैले यी दुई टोलीको खेल रोचक हुने अनुमान गरिएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप