सेनाले गर्यो विस्फोटकको परीक्षण
जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ ।
गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो । सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि (अन्डरवाटर) समेत सेनाले गुणस्तर मापन गरेको थियो । सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ ।
सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो । परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए । उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो । उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा कटहरिया पीएचसीमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?