लामिडाँडा विमानस्थलमा कालोपत्र
लामिडाँडा-जिल्लाको पुरानो लामिडाँडा विमानस्थल कालोपत्र सम्पन्न भएको छ । उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ मा पर्ने लामिडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै समिट एयरले उडान भरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजारको लागतमा विमानस्थल कालोपत्र गरिएको हो । विमानस्थल कालोपत्रको सांसद विशाल भट्टराईले उद्घाटन गरे । उनले विमानस्थलमा नियमितरुपमा विमान उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताए । पाँच सय २० मिटर लम्बाइ तथा २० मिटर चौडाइ रहेको विमानस्थल कालोपत्र वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालीले गरेको हो ।
विमानस्थल विसं २०२८ देखि कच्ची अवस्थामा सञ्चालनमा थियो । लामो समयसम्म कच्ची अवस्थामै सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएपछि उडान भर्न सहज भएको छ । यहाँ दुई वर्षदेखि हवाई उडान अवरुद्ध थियो । धार्मिक तथा पर्यटकीय गन्तब्य हलेसी आवतजावत गर्न पर्यटकलाई सहज हुनेछ । छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दालाई समेत सेवा दिने उद्देश्यले ४८ वर्षअघि विमानस्थल निर्माण गरिएको हो ।
स्थानीयवासीले कुटो र कोदालोको भरमा विसं २०२६ मा विमानस्थल निर्माण थालेका थिए । दुई वर्षपछि विसं २०२८ मा विमानस्थल सञ्चालनमा आएको थियो । तीन विमानस्थल रहेको खोटाङमा मनमाया राई खानीडाँडा विमानस्थल पहिराका कारण अवरुद्ध छ । हाल विमानस्थल मर्मतको काम भइरहेको छ । विमानस्थल अवरुद्ध हुँदा सबैभन्दा बढी मारमा बिरामी पर्ने गरेका छन् । थामखर्क विमानस्थल कालोपत्र गरिएसँगै गत माघदेखि नियमित सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु