कंगोमा दुई सातादेखि भड्किएको हिंसाका कारण लाखौं पलायन
जेनेभा-अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी प्रान्तमा भड्किएको हिंसा निकै संवेदनशील अवस्थामा पुगेको जनाएको छ । यही जुन महिनाको शुरुदेखि इटुरी प्रान्तका हेमा र लेन्डु जातिबीच एकअर्कामाथि आक्रमण भइरहेका छन् ।
जेनेमा आयोजित पत्रकार सम्मेलनमा युएनएचसिआरका प्रवक्ता बाबर बालोखले हिंसाका कारण करिब तीन लाख मानिस विस्थापित भएको जानकारी दिए । उनले तत्कालै कुनै कदम नचालिए यो हिंसा अझ ठूलो क्षेत्रमा फैलन सक्ने चेतावनी दिए ।
इटुरीका गभर्नर जाँ बामानिसा सैदीले हिंसाबाट विस्थापितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको बताए । उनले विस्थापितको सुरक्षा र हिंसा रोक्ने कार्य निकै जटिल बनेको बताए । गत साता स्थानीय अधिकारीहरुले इटुरीमा एक दुई दिनकै अन्तरालमा ५० जनाभन्दा बढीको हत्या भएको बताएका थिए । अरु स्रोतले हिंसाका कारण ७० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।
दुई जातीय समुदायबीच हिंसा भड्किनुको खास कारण अझै स्पष्ट हुन सकेको छैन । तर सन् १९९९ देखि २००३ को बीचमा यिनै दुई समुदाय हेमा र लेन्डुबीचको हिंसाका कारण दशौं हजारको ज्यान गएको थियो ।
सन् २०१७ र २०१८ मा यी दुई जातिबीचको द्वन्द्वका कारण करिब ३ लाख ५० हजार विस्थापित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार