बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुकेधारा बमकाण्डमा घाइते भएका श्रेष्ठको अस्पतालमा निधन,विप्लवद्वारा सहिद घोषणा

मङ्गलबार, ०३ असार २०७६, २१ : ५९
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं-काठमाडौंको सुकेधारा बम विष्फोटमा गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका रामकुमार श्रेष्ठको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन् ।

नेकपाका कार्यकर्ता समेत रहेका श्रेष्ठ सुकेधारा बमकाण्डमा गम्भीर घाइते भएका थिए । श्रेष्ठको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको जनाउँदै विप्लवले उनलाई सहिद घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप