शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२ हजार चिनियाँले ३० मिनेटमा एकैसाथ खाजा बनाएर बनाए विश्व रेकर्ड

मङ्गलबार, ०३ असार २०७६, १९ : ४९
मङ्गलबार, ०३ असार २०७६

एजेन्सी– चीनको क्वाङ सी प्रान्तले  गिनिज बुकमा  नयाँ रेकर्ड कायम गरेको छ । सो प्रान्तले याउ जातीय प्रिफेक्चरमा  नयाँ रेकर्ड बनाएको हो ।

 जुन १५ तारिखमा आयोजित सो प्रिफेक्चरमा २०१९ जना याउ जातिका मानिसहरूले ३० मिनेटमा एकै समयमा एकैसाथ यो छ्याइ अर्थात् भटमास, मकै, चामल, बदाम र चियालाई मिसाएर  स्थानीय खाजा बनाएका थिए ।

संसारमा सबैभन्दा बढी मानिसले एकैसाथ खाजा बनाएको यो पहिलो रेकर्ड हो ।  सो कार्यक्रममा गिनिज रेकर्ड मुख्यालयका पदाधिकारीको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप