बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्रको ११ महिना: ८० प्रतिशत कार्य योजना पुरा, अरु के–के भए ?

मङ्गलबार, ०३ असार २०७६, १७ : ४७
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको ११ महिनामा करिब ८० प्रतिशत कार्य योजना पुरा गरेको जनाएको छ । मंगलबार ललिपुरको जावलाखेलस्थित बोर्डको मुख्य कार्यलयमा आयोजित आगामी आर्थिक वर्ष २०७६/७७ का लागि धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम निर्माण तथा अन्तरक्रिया कार्यक्रममा बोर्डले चालू आर्थिक वर्षमा उत्साहप्रद सफलता लिन सफल रहेको बताएको छ । 
कार्यक्रममा बोर्डका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धितोपत्र बोर्डका उप–निर्देशक नवराज अधिकारीले नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा लिएको नीति कार्यक्रमको करिब दुई तिहाई भन्दा बढी योजनाहरु पुरा गरेको बताएका हुन् । 
उनले आर्थिक वर्ष अन्त्यको करिब एक महिना अगावै बोर्ड ८० प्रतिशत कार्ययोजना पुरा गरेको र बाँकी रहेको १ महिनामा बोर्डको पाईपलाइनमा रहेको अझ केही कार्यक्रमहरु पुरा हुने तरखरमा रहेको बताएका छन् । 
‘विविध प्रावधान तथा आवश्यकीय स्रोत साधन तथा प्रयाप्त जनशक्तिको अभावमा हामीले चालू आर्थिक वर्षमा तय गरेका सबै नीति तथा कार्यक्रमहरु पुरा गर्न सकेनौं ।’ उनले भने,‘अब हामी आगामी आर्थिक वर्षमा यस वर्ष अधुरा रहेका र आगामी वर्षमा गर्नु पर्ने र आवश्यक सबै काम कार्ययोजना तथा नीति निर्माण पुरा गर्ने छौं ।’ 

अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा चालू आर्थिक वर्षको धितोपत्र बजारमा प्राथमिक तथा दोस्रो बजार दुबैमा सुधार आएको बताइएको छ ।  प्राथमिक निष्काशनमा, हकप्रद निष्काशनमा, आईपीओ निष्काशनमा केहि गिरावट आएपनि ऋणपत्रमा भने यस आर्थिक वर्ष निकै उत्साहप्रद रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी पु¥याउने रणनीतिका कारण प्राथमिक बजारमा गिरावट आएको अधिकारीले बताएका छन् । 

यस वर्ष ऋणपत्र निष्काशनमा संख्याको हिसाबले ८०० प्रतिशत र मूल्यका हिसाबले करिब ५५२ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ ।  त्यस्तै, बोर्डले नेप्सेको दोस्रो बजारमा केहि गिरावट आएको जनाएको छ । रिचोर्ड फन्टको निष्काशनमा करिब १९ प्रतिशतले कमी आएको बोर्डको प्रतिवेदनले देखाएको छ । 

पछिल्लो समय मुलुकमा आएको आर्थिक मन्दिका कारण दोस्रो बजारमा करिब ७.६ प्रतिशतले गिरावट आएको जनाएको छ । तर केहि सूचिकृत कम्पनीहरु बाहेक केही कम्पनीहरु नेप्से बजारमा आएको बोर्डको भनाई छ ।

पछिल्लो सयम धितोपत्र बजारमा लगानीकर्ताहरुको उल्लेखनीय आकर्षक र सहभागिता रहेको समेत बोर्डले बताएको छ । जुन बोर्डले ल्याएको अनलाईन सिष्टमले महत्वपूर्ण भूमिका खेलेको अधिकारीले बताए । 

यसले ७ प्रदेश र ७७ वटै जिल्लालाई नेप्सेमा सहभागिताका लागि सहयोग गरेको उनको भनाई छ ।  चालू आर्थिक वर्षले निर्दिष्ट गरेको सातैं प्रदेशमा बोर्डको शाखा कार्यालय तथा समन्वय कार्यालयहरु स्थापना गर्ने लक्ष्य रहेपनि त्यो पुरा गर्न नसकिएको तर आगामी आर्थिक वर्षको पहिलो तीन महिना त्यो पुरा गरिछाड्ने बोर्डले प्रतिवद्धता जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप