बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थलबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

मङ्गलबार, ०३ असार २०७६, १७ : ३०
मङ्गलबार, ०३ असार २०७६

बुटवल– गौतमबुद्ध विमानस्थल भैरहवाबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन् ।

प्रहरीकाअनुसार आज शुक्ला दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

प्रहरीका अनुसार १.३० बजेको उनको उडान रहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको थप विवरण खुलाएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप