शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुम्लामा जीप कर्णाली नदीमा खस्यो, कम्तीमा १० जना वेपत्ता

मङ्गलबार, ०३ असार २०७६, १५ : १७
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं–कर्णाली नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । 

मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चु भन्नेस्थानमा दुर्घटना भएर कर्णाली नदीमा खसेको हो । 

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र यात्रुकाे अवस्था थाहा हुन नसकेको जानकारी दिए । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ।  

यसैबीच दुर्घटनामा खार्पूनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको खुलेको छ। खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले  दुर्घटनामा उपाध्यक्ष परेको जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप