शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले संसदको कार्यसूचि विपरित काम गर्‍यो: सुवास नेम्वाङ

मङ्गलबार, ०३ असार २०७६, १५ : ०५
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोष्टममा उभिएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले काँग्रेसको सो गतिविधि संसदको कार्यसूचि विपरित रहेको प्रतिक्रिया दिएका हुन् ।

उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै तर बोल्नका लागि रोष्टममा पुग्नुभएका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

पूर्व सभामुख समेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई बोल्न नदिइएको सो विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गरे । ‘हाम्रो संसदीय प्रणालीअनुसार प्रधानमन्त्रीले बोल्नका लागि समय माग गर्नु भएको हो, सभामुखले उहाँलाई बोल्नका लागि समय दिनु भएको हो, समय दिइएअनुसार रोष्टममा बोल्न जाँदा उनले बोल्न पाउनु भएन,’ उपनेता नेम्वाङले भनाई थियो, यसलाई लिएर म अरु टिप्पणी गर्न चाहान्न, यसबारे सबैले निधार खुम्च्याएर सोचौं ।’

उपनेता नेम्वाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुने र त्यसपछाडि मात्रै प्रतिपक्ष दलका नेताले बोल्न पाउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप