शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकले नयाँ दिल्लीको एपोलो हस्पिटलमा १५% छुट पाउने

मङ्गलबार, ०३ असार २०७६, १५ : ०३
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र नयाँदिल्ली स्थित एपोलो हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप