शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रहरी विनाअनुमति अछाम पुग्यो, जनमोर्चाको आपत्ति (विज्ञप्तिसहित)

मङ्गलबार, ०३ असार २०७६, १४ : ५५
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– राष्ट्रिय जनमोर्चाले विना अनुमति भारतीय प्रहरी नेपाल पसेको भन्दै सो घटनाको आवश्यक छानविन गर्न माग गरेको छ । मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भारतको छतिसगढ प्रहरी नेपालको अछाम जिल्लामा पुगेको घटनाबारे गम्भीर रुपमा छानविन माग गरेका हुन् ।

विज्ञप्तिमा अध्यक्ष केसीले भारतीय प्रहरी एउटा सार्वभौम मुलुकमा विना अनुमति पस्नु अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरित र सार्वभौम मुलुकविरुद्धको कुरा भएको दाबी गर्दै उक्त व्यवहारको भत्र्सना गरेका छन् । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको समेत विज्ञप्तिमा जनाइएको छ । 

दुई महिनाअघि अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ बर्षीया किशोरीले भागेर विवाह गरेका थिए । विवाहपछि किशोरी तर्फका आफन्तले छोरी खोजिदिन निवेदन दिएपछि भारतको छत्तिसगढ प्रहरीले भारतका विभिन्न स्थानका साथै नेपालको अछाममा खानतलासी गरेको थियो । सो क्रममा ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप