बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद अवरुद्ध पारेर निस्किएपछि देउवाले भने–जहाँपनि विपक्षीले पहिले बोल्ने हो

मङ्गलबार, ०३ असार २०७६, १४ : ०१
मङ्गलबार, ०३ असार २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

मङ्गलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

‘प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’ देउवाको प्रश्न थियो ।

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दा मंगलबारको बैठक स्थगित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप