चीनको सिचुआनमा ६ रेक्टरको भूकम्प, ११ को मृत्यु, १२२ घाइते
चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थियो ।
समाचार एजेन्सीमा उल्लेख भएअनुसार चान्गिन्ग काउन्टीमा दुई व्यक्ति अझै फसिरहेका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर भएको उद्धारकर्ताले जनाएका छन् । यसैगरी, शौन्गी शहरमा चार घाइतेलाई अस्पताल पठाइएको छ ।
प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो । यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो । चीनको आपतकालीन प्रबन्धन मन्त्रालयले तुरुन्तै राहत वितरण कार्य शुरु गरिसकेको छ । प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पठाइएको छ । स्टेट मिडियाको अनुसार राष्ट्रिय खाद्य मन्त्रालयले पाँच हजार टेन्ट, १० हजार फोल्डिङ बेड र २० हजार ब्ल्याङ्केट प्रभावित क्षेत्रमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा