शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनमा बिक्री भइरहेको छ अमिताभ बच्चनको पुरानो मर्सिडिज–वेन्ज, मूल्य १० लाख मात्र

मङ्गलबार, ०३ असार २०७६, १२ : ४१
मङ्गलबार, ०३ असार २०७६

बलिउड महानायक अमिताभ बच्चनको पुरानो मर्सिडिज–वेन्ज एस–क्लास ३५० एल लक्जरी सेडान १० लाखमा बिक्री भइरहेको छ । लामो समयसम्म बच्चन परिवारले चलाएको उक्त कार अनलाइनमा बिक्री भइरहेको हो । 

नयाँ नयाँ गाडीका सौखिन अमिताभ बच्चनको ग्यारेजमा ल्याण्ड रोबर रेन्ज, लेक्सस LX570 र ब्याटल कान्टिनेन्टल जीटी जस्ता गाडीहरु रहेका छन् । 

हाल, अनलाइन OLX मा एक विज्ञापन देखाइएको छ जसमा अमिताभ बच्चनको पुरानो मर्सिडिज–बेन्ज एस–क्लास लक्जरी सेडान बिक्रीको लागि राखिएको छ । जसको मूल्य मात्र ९.९९ लाख भारतीय रुपिँया राखिएको छ । किनकी यो एकदमै पुरानो गाडी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप