शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार संघका अध्यक्ष रवीन्द्रलाई पहिलो बैठकमै झड्का

मङ्गलबार, ०३ असार २०७६, १२ : ००
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालाई पहिलो बैठकमै मनोनयनका विषयमा दवाव आएको छ । 

कोषाध्याक्ष बाहेक प्यानल नै निर्वाचित भएपनि अध्यक्ष खड्कालाई संघको विधानले दिएको प्रत्यायोजित अधिकार प्रयोग गर्न खोज्दा कार्यसमितिका पदाधिकारी र सदस्यहरुले आफू निकटकालाई मनोनयन गर्न दवाव दिएको बताइएको छ । 

निर्वाचित भएपछिको आइतवार बसेको पहिलो बैठकमा केही पदाधिकारी र सदस्यहरुले क्षेत्राधिकार नाघेर आफूअनुकलका व्यक्तिलाई उपाध्यक्ष र सदस्यमा मनोनित गर्न अध्यक्ष खड्कामाथि दवाव दिएका थिए । 
‘एकजना उपाध्यक्ष र तीन जना सदस्य मनोनित गर्ने अधिकार संघको विधानले अध्यक्षमा दिएपनि बैठकमा अन्य सदस्यको अवरोधका कारण निर्णय हुन सकेन’ एक सदस्यले भने ‘निर्णय लिन नसकेपछि अध्यक्षले अर्को बैठकमा निर्णय गरौंला भन्दै अन्य प्रस्तावतिर बैठक मोडे ।’

संघको चुनाव बहिष्कार गर्दै उम्मेदवारी समेत नदिएका नेकपा निकट मानिने कलाकार उत्तम केसी र विमला केसीलाई कार्यसमितिको उपाध्यक्षमा मनोनित गर्नु पर्ने दवाव आएका कारण पनि अध्यक्ष खड्काले कुनै निर्णय लिन नसकेको ती सदस्यको भनाई रहेको छ । 

विमलाले जोडतोडका साथ कार्यसमितिका केही पदाधिकारी मार्फत आफूलाई उपाध्यक्षमा मनोनित गराउन खड्कालाई चर्को दवाव दिइरहेको बुझिएको छ ।

उत्तमले पनि आफूलाई उपाध्यक्षमा मनोनित गर्न च्यानल मार्फत र प्रत्यक्ष रुपमा पनि खड्कालाई दवाव दिइरहेको ती सदस्यले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप