शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुगा काट्ने कैँची प्रहार गरी श्रीमतीको हत्या

मङ्गलबार, ०३ असार २०७६, ११ : ३०
मङ्गलबार, ०३ असार २०७६

दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख  कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले  श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । 

सोमबार राति ९÷१० बजे घरायसी झगडा हुँदा  नेपालीले श्रीमतीको घाँडी र ढाडमा  कैँची प्रहार गरेको बताइएको छ । 

अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप