बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको प्रधानमन्त्री नेतान्याहूकी पत्नी सरकारी सम्पत्तीको दुरुपयोग गरेकोमा दोषी ठहर

मङ्गलबार, ०३ असार २०७६, १० : ४८
मङ्गलबार, ०३ असार २०७६

एजेन्सी । इजरायलको एउटा अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पत्नी सारा नेतान्याहूलाई भ्रष्ट्रचार मुद्दामा दोषी ठहर गरेको छ ।

उनीमाथि भोजनको लागि विनियोजित सरकारी कोषको गलत प्रयोग गरेको भन्ने  मुद्दा परेको थियो । त्यो मुद्दा सन् २०१८ जुनमा परेको थियो । जसमा उनीमाथि सरकारी आवासमा भान्छेको व्यवस्था भएर पनि बाहिरबाट खाना किनेको मामिलामा भ्रष्टाचारको मुद्दा लागेको थियो ।

अदालतको फैसलापछि साराले ‘प्ली बार्गेन’ अन्तर्गत दोष स्वीकार गरेर सजायँ कम गर्ने विकल्प रोजेकी छिन् । 

सारा नेतान्याहूलाई अर्को एक जना व्यक्तिको गल्तीबाट फाइदा लिन खोजकोमा पनि दोषी ठहराइएको छ । त्यस दोषको लागि उनलाई ठूलो रकम जरिवाना तिर्न आदेश दिइएको छ  ।

जेरुशेलम मजिस्ट्रेट अदालतका न्यायाधिस एभिटल चेनले दोष स्वीकार गरे बापत सजाय घटाउन स्वीकार गरेका छन् ।

अदालती फैसलामा सारा नेतान्याहूमाथि १० हजार शेकेल (२८ सय डलर)को मौद्रिक सजायँ तोकिएको छ । त्यसबाहेक उनलाई राज्य कोषमा ४५ हजार शेकेल भरपाही गर्न पनि आदेश दिइएको छ ।

फैसलापछि पत्रकारसँग बोल्ने क्रममा साराले आफूलाई निक्कै ठूलो नोक्सानी भएको बताइन् ।

६० वर्षीया साराले उनको पतिको कामकाजमा महत्त्वपूर्ण भूमिका निभाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप