शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

मङ्गलबार, ०३ असार २०७६, ०८ : ४८
मङ्गलबार, ०३ असार २०७६

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा रिहा भएका छन् ।

यसरी रचिन् हमलाको षड्यन्त्रः

पुलिसका अनुसार महिलाले २५ मेमा मुम्बईको लोखण्डवाला इलाकामा मर्निङ वक गएका बेला आफूमाथि हमला गराएकी थिइन् । उनलाई त्यतिबेला तीनजना मानिसहरुले रोके र पेपर कटरले हमला गरे । यतिमात्र होइन, उनीहरुले अभिनेताविरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिए तेजाबले आक्रमण गर्ने धम्कीसमेत दिएको बताइएको थियो ।

यसरी पत्ता लाग्यो महिलाको झुटः

दुई दिनपछि सिसिटीभीको मद्दतले पुलिसले हमलामा संलग्न चार युवकलाई पक्राउ गरे । तीमध्ये एक महिलाका वकिलका कजन थिए । उनका अनुसार महिलाका वकिललले नै उक्त नियोजित हमला गराएका थिए र यसका लागि उनलाई १० हजार भारु दिएका थिए ।

महिलाले आरोपलाई गलत बताइन्ः

उता, महिलाले यी आरोपलाई गलत बताएकी छिन् । उनले आफू निर्दोष भएको बारे ओशिवारा पुलिसलाई जानकारी दिएको र उनलाई उनका पूर्व वकिलले फसाएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप