एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको रोमाञ्चक जित
शकिब अल हसन र लिटोन दासको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेश एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई सात विकेटले हराएको छ । सोमबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको तीन सय २२ रनको विजय लक्ष्य बंगलादेशले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।
बंगलादेशको जितमा शकिब अल हसनले शतकीय पाली खेले । उनले अविजित एक सय २४ रन बनाएका थिए । जारी विश्वकपमा शकिबको यो दोस्रो शतक हो । उनले इङ्ल्यान्डविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । लिटोन दासले अर्धशतकीय इनिङ खेले । उनले अविजित ९४ रन बनाएका थिए । तमिम इकवालले ४८र सौम्य सरकारले २९ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र ओसाने थोमसले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय २१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ खेले । इभिन लेविसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जासन होल्डरले ३३, निकोलस पुरनले २५ र ड्यारेन ब्राभोले १९ रन बनाए ।
बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले तीन तीन तथा शाकिब अल हसनले दुई विकेट लिए । यस जितसँगै बंगलादेश पाँचौं स्थानमा उक्लिएको छ । पाँच खेल सकेको बंगलादेशको पाँच अंक छ । समान खेलबाट तीन अंक बनाएको वेस्ट इन्डिज सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ