असारभित्र पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने
काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न आएका छैनन् ।
आज अपराह्नसम्मको तथ्याङ्कअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ–आफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई असार मसान्तभित्र पहिलो किस्ताको अनुदान रु ५० हजार लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम सूचीबाट हटाइने सहप्रवक्ता घिमिरेले बताए । प्राधिकरणको मापदण्डअनुसार घरको जग हालेपछि लाभग्राहीले दोस्रो किस्ताको रु एक लाख ५० हजारका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन स्थानीय तहले सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने