बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशलाई थिलथिलो बनाएको काङग्रेसले होः भीम रावल

सोमबार, ०२ असार २०७६, २२ : ०१
सोमबार, ०२ असार २०७६

अछाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताएका छन् । नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि काङ्ग्रेसले बिरोधका लागि बिरोध गरिरहेको आरोप लगाए । 

“विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि काङ्ग्रेसले जनताको मतको अपमान गरेको छ”, उनले भने, “काङ्ग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको बिरोधमा मात्रै केन्द्रित भएको छ ।” कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उनको भनाइ थियो । व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उनले कार्यकर्तालाई निर्देशन दिए । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भने । 
 
देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उनको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताए । बिगतमा  गाउँमा बजेट पठाउनु हुँदैन भन्ने काङ्ग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाउँ भन्ने नीति लिएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप